याम्बु – तामाङ सोसाईटी अफ अमेरिका र तामाङ समाज अमेरिका दुबै संस्थाहरुका अध्यक्षहरु छेमाङ लामा तामाङ र सानुमाया तामाङले मे २६ तारिख बुद्ध जयन...
पुनर्गठित समितिमा संयोजक सन्त बहादुर तामाङ,सदस्य-सचिव विनिता तामाङ,बोर्ड सदस्यहरु राजु तामाङ,विष्णु तामाङ,अरुण रुम्बा तामाङ, दिलमाया तामाङ, बुद्धिमान घिसिङ तामाङ,भोज तामाङ,चली तामाङ,धुतराज तामाङ र अमित लामा तामाङ रहेका छन् |
साथै असन्तुस्ट पक्षले संस्थाको अध्यक्ष सानुमाया तामाङ र वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई संस्थाको विधानको भाग १० को धारा ४१ अनुसार तामाङ समाज अमेरिकाको क्रमश:अध्यक्ष एवं वरिष्ठ उपाध्यक्षको पदबाट बर्खास्त गर्दै साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको जानकारी दिएका छन् |
तामाङअनलाइन संगको सम्पर्कमा आएकी पुनर्गठन कार्यसमितिका सदस्यसचिव बिनिता तामाङले आफुहरु पनि एकताको पक्षमा रहेको र एकता प्रक्रिया केहि बुँदाहरुमा सहमति जुट्न नसेकोले तामाङ समाज अमेरिकालाई निरन्तर अगाडी बढाउने बताउनु भयो |
साभार: तामाङ अनलाईन
COMMENTS