E-Library

 



Tamang E-library भनेको के हो?

Elibrary भनेको विद्धुतीय पुस्तकालय (electronic library) हो। tamangelibrary ले तामाङ भाषामा वा तामाङ सम्वन्धी लेखिएका पुस्तकहरु राखिएको विद्धुतीय पुस्तकालय भन्ने जनाउँछ। यो नयाँ प्रविधि हो । यस प्रविधिमा किताबलाई डिजिटलाईज्ड (Digitalize) गरिन्छ र अनलाईनमा राखिन्छ। अनलाइनमा राखिएका सामग्री जुन सुकै बेला संसारका जुनसुकै ठाँउबाट हेर्न र पढ्न सकिन्छ। tamangelibrary मा राखिएका तामाङ पुस्तक वा पठन सामग्री www.tamangelibrary.com मार्फत् हेर्न सकिन्छ।

२ TamangElibrary किन नि ? 
निम्न उद्देश्य रहेका छन् 
(१) तामाङ ज्ञान, सिप र सिर्जनाको संरक्षण गर्न। 
(२) तामाङ ज्ञान, सिप र सिर्जनाको सम्वर्धन र अभिवृद्धि गर्न।
(३) तामाङ ज्ञान, सिप र सिर्जनाहरु सबै पाठकको पहुँचमा पुर्याउन। 
(४) आम पाठकलाई तामाङ ज्ञान, सिप र सिर्जनासँग परिचय गराउन। 
(५) तामाङ समुदायमा पठन संस्कृतिको विकास गर्ग। 
(६) अग्रज स्रष्टाहरुप्रति सम्मान अभिव्यक्त गर्न र नव स्रष्टाहरुलाई उत्साहित र प्रोत्साहित गर्न आदि।

३ TamangElibrary कसरी स्थापना हुन्छ? 
सर्वप्रथम सबै प्रकारका सामग्रीलाई डिजिटलाईज्ड (Digitalize) गर्नु पर्दछ र अनलाईनमा राख्नु पर्दछ। यो प्राविधिक काम हो। यस कार्यको लागि आइटि इन्जिनियरहरुको सहयोग चाहिन्छ। दोस्रो, किन अर्थात् उद्देश्यबाट अभिप्रेरित हुनु पर्दछ। तेस्रो, उद्देश्यबाट अभिप्रेरित भएर स्रोतसाधानसहित अथक प्रयास, उत्साह र जाँगर चाहिन्छ। 

४ तामाङइलाइब्रेरीमा के कस्ता सामग्री राखिनेछन्?
कुनै पनि पुस्तकालयमा पुस्तक मात्र हुदैंन, त्यहाँ धेरै प्रकारका पाठ्यसामग्री हुन्छन्, जस्तै पुस्तकपुस्तिका, पत्रपत्रिका, स्मारिका, पाठ्यपुस्तक लगायतका शैक्षिक सामग्री, प्रकाशित तथा अप्रकाशित थेसिस, प्रतिवेदन, ऐतिहासिक अभिलेख तथा दस्तावेज आदि। हाल पुस्तकालममा अडियो (श्रव्य) तथा अडियोभिडियो (श्रव्यदृश्य) पनि राखिएका हुन्छन् । तामाङइलाइब्रेरीमा पनि उक्त सबै प्रकारका सबै सामग्री राखिनेछ।

५ के कति सामग्री राखिनेछन्?
सवै प्रकारका सामग्रीसहित लगभग १०,००० पृष्ठबाट यो पुस्तकालय प्रारम्भ गर्ने छौं र ६ महिनाभित्र भएभरका सबै तामाङ सामग्रीहरु राखिसक्ने लक्ष्य छ । 

६ यो पुस्तकालय कहिलेदेखि सुरु हुन्छ?
आउँदो महिना भदौं १ गते दिउँसो २ बजेदेखि नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षामा सम्पन्न हुने उद्घाटन समारोह मार्फत् तामाङइलाइब्रेरी प्रारम्भ हुनेछ। संसारभरिका पाठकहरुले घर बसीबसी तामाङ सिर्जनाहरु हेर्न, सुन्न र पढन सक्ने छन्। यो हाम्रो पहिलो प्रयास हुनेछ।

७ के मैले सामग्री पढ्न शुल्क तिर्नु पर्छ?
प्राय सबै सामग्री निशुल्क पढ्न र नीजि प्रयोजनको लागि डाउनलोड गर्न पनि सकिनेछ तर केही नयाँ पुस्तकहरुको लागि शुल्क लाग्नेछ। कुन सामग्रीमा शुल्क लाग्ने र कुनमा नलाग्ने सो चिन्हित हुनेछ। 

८ म लेखक हुँ र म पनि आफ्नो पुस्तक राख्न चाहन्छु। त्यसको लागि मैले के गर्नु पर्ला?

तपाई आफ्नो पुस्तक राख्नु सक्नु हुन्छ। यो तपाईहरुकै सेवाको नागि हो। स्रष्टाको परिचय गराउँनु हाम्रो उद्दश्य पनि हो। तर तपाईको पुस्तक यस पुस्तकानयले तय गरेको तामाङ पुस्तकको परिभाषा र मापदण्ड भित्र पर्नुपर्दछ। दोस्रो पुस्तकालयमा राख्नका लागि हस्ताक्षरसहित अनुरोधपत्रमा पठाउनु पर्दछ। (‘सामग्रीको मापदण्ड’ र ‘अनुरोधपत्र’ उपलब्ध गराइनेछ) 

९ म पनि तामाङइलाइब्रेरी सहयोग गर्न चाहन्छु। के गर्नु पर्ला ? 

तपाई वा संघसंस्थाले बिभिन्न किसिमले सहयोग गर्नुसक्नु हुन्छ
(१) तामाङ सम्वन्धी पुराना कागजात, अभिलेख आदि दिएर
(२) साईट सन्चालनका लागि आर्थिक, भौतिक वा नैतिक सरसहयोग गरेर 
(३) लेखकहरुलाई तामाङईलेब्ररीमा पुस्तक राख्न लगाएर, पाठकहरुलाई पढ्न प्रोत्साहित गरेर वा उहाँहरुलाई यसबारे सुचित गरेर 
(४) वेभसाईट र फेसबुक पेज बिस्तार गर्न सहयोग गरेर अनि 
(५) यस्तै अन्य उपयुक्त सरसहयोग।

१० यो इलाइब्रेरी सञ्चालनमा को को छन्?
यो कार्यक्रम भाषाशास्त्री अमृत योन्जन-तामाङको अगुवाईमा सुरु भएको हो। यसलाई प्राविधिज्ञ संजय लामाले (tamang database) सिस्टम निर्माण लगायतका प्राबिधिक ब्यस्थापन गर्दै छन्। विभिन्न क्षेत्रका विज्ञ तया समाजसेवीहरुको सरसहयोग गर्दै छन्। देशका विभिन्न क्षेत्र र विदेशमा पनि समिति निर्माण गर्ने योजना छ। हाननाई निम्न व्यक्तित्वहरुको सक्रियतामा एउटा बोर्ड गठन भएको छ। 

सल्लाहकारः (१) डा. गणेश योन्जन र (२) लामा टि गाल्छेन
कार्यसमितिका सदस्यहरुः (१) श्री अमृत योन्जन-तामाङ (२) श्री सञ्जय लामा-तामाङ (३) श्री बाबुराम फ्युबा तामाङ (४) श्री ईन्द्र तामाङ (५) श्री बिष्णु मोक्तान तामाङ (६) श्री मिङमार तामाङ (७) श्री सन्चु ब्लोन (८) श्री जगत दोङ र (९) श्री किशोर ब्लोन। 

तपाईहरुको सरसल्लाह, सुझाव र रचनात्मक प्रतिक्रियाको प्रतिक्षामा छौं ।

सम्पर्क सूत्रः

श्री अमृत योन्जन-तामाङ वा श्री सञ्जय लामा
www.tamangelibrary.com
tamangelibrary@gmail.com

Source: Tamang E-library

COMMENTS

Name

Entertainment,2,Events,4,Facts,1,Gallery,5,History,1,miss tamang,3,Movies,2,Music,1,Nepal,1,News,21,Poem,1,Religion,5,tamang samaj,10,Tamang Samaj America,3,Video,1,World News,1,
ltr
static_page
Tamang Feed: E-Library
E-Library
Tamang Feed
https://tamangfeed.blogspot.com/p/e-library.html
https://tamangfeed.blogspot.com/
https://tamangfeed.blogspot.com/
https://tamangfeed.blogspot.com/p/e-library.html
true
1845284196589138824
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content