नेपाल राष्ट्रिय महिला घेदुङकी अध्यक्ष बबिता योन्जनले ` युथ भ्वाइस अफ लिसंखु ´ (Youth Voice Of Lisankhu)लाई आर्थिक सहयोग गरेकी छिन् । अध्यक...
नेपाल राष्ट्रिय महिला घेदुङकी अध्यक्ष बबिता योन्जनले ` युथ भ्वाइस अफ लिसंखु ´ (Youth Voice Of Lisankhu)लाई आर्थिक सहयोग गरेकी छिन् ।
अध्यक्ष योन्जनले `युथ भ्वाइस अफ लिसंखुद्वारा संचालित ` वी लभ ह्रीस्याङ्गो ´ अभियानका लागि ५ हजार ५०५ रुपैयाँ सहयोग गरेकी हुन् ।
आफ्नो जन्मथलोको उक्त अभियानलाई सहयोग गर्न पाउदा गौरवान्वित महसुस भएको अध्यक्ष योन्जनले बताइन् । अध्यक्ष योन्जनले अन्य सहयोगदाताहरुलाई समेत सहयोग गर्न अनुरोध गरिन् ।
अध्यक्ष योन्जनले यसअघि विभिन्न संघसंस्था तथा आर्थिक कम्जोर भएका विभिन्न रोगका बिरामी लगायतलाई आर्थिक सहयोग गर्दै आइरहेकी छिन् ।
साभार: सैलुङ अनलाईन
COMMENTS