https://www.facebook.com/watch/?v=567404857655777 काठमाडौं । भाषाविद् अमृत योन्जन तामाङले यही मंसिर भित्र 'तामाङ राष्ट्रिय पुस्ताका...
https://www.facebook.com/watch/?v=567404857655777
काठमाडौं । भाषाविद् अमृत योन्जन तामाङले यही मंसिर भित्र 'तामाङ राष्ट्रिय पुस्ताकालय' उद्घाटन हुने बताउनु भएको छ । बौद्ध स्थित बौद्ध कल्याण गुठीको 'तामाङ भवन'मा स्थापना भएको पुस्तकालयमा संसारभरीका तामाङलाई आकर्षित हुने गरी अध्ययन सामाग्री राखिने योन्जनले बताउनुभयो ।
तामाङ पत्रकार संघ वाग्मती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै भाषाविद योन्जनले तामाङ पत्रकार संघलाई पनि पुस्ताकालय संचलनको लागि एउटा दराज उपलब्ध गराउन सकिने बताउनुभयो । योन्जनले भन्नुभयो, 'जति पनि तामाङ संघ संस्थाले पुस्ताकालय खोल्ने भनिएको छ, ती सबैले एकै ठाउँमा मिलेर खोल्दा राम्रो हुन्छ । तामाङ, घेदुङ, तामाङ डाजाङ, बौद्ध कल्याण गुठीको त हुने भयो, अरु पनि जोडिन चाहानुहुन्छ भने ठाउँ उपलब्ध गराइन्छ ।'
उक्त पुस्ताकालयमा तामाङ केन्द्रीत सामाग्री मात्र उपलब्ध हुने पनि भाषाविद योन्जनले बताउनुभयो ।
तामाङ नाङखोरका अध्यक्ष समेत रहनुभएका योन्जनको संयोजकत्वमा सात सदसीय पुस्ताकालय व्यवस्थापन समिति रहेको छ। समितिमा बौद्ध तामाङ कल्याण गुठी, नेपाल तामाङ घेदुङ, तामाङ डाजाङ, ताम्सालिङ ज्ञान केन्द्र, एससीआरसी र सैलुङ अनलाइनका प्रतिनिधि रहेका छन्।
साभार: ग्लोबल मेडिया
COMMENTS