मुगुका आगलागी पीडितलाई सहयोग गर्न च्यारिटी सो गर्दै भिक्षु सेल्नाङ

  मुगुमा आगलागीमा परेका २० घरका परिवारलाई चिसोबाट राहत दिने उद्देश्यले भिक्षु सेल्नाङ ग्याम्जो तामाङले काठमाडौँमा च्यारिटी सो गर्ने भएका छन्...

 


मुगुमा आगलागीमा परेका २० घरका परिवारलाई चिसोबाट राहत दिने उद्देश्यले भिक्षु सेल्नाङ ग्याम्जो तामाङले काठमाडौँमा च्यारिटी सो गर्ने भएका छन् । २० घरका करिब ८० जनालाई ज्याकेट सहयोग गर्नका लागि भिक्षु सेल्नाङले यही डिसेम्बर १८ अर्थात् पुस ३ गते शनिवार बौद्धको उत्पला क्याफेमा आफ्ना दुई फिल्म प्रदर्शन गदैछन् । भिक्षु सेल्नाङ निर्देशित यी दुई फिल्म अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा समेत प्रदर्शन भइसकेका फिल्म हुन् । पालमुनि बसिरहेका उनीहरुलाई बढ्दै गरेको चिसोका कारण न्यानो कपडाको आवश्यकता देखेपछि उनले आफ्ना दुई फिल्मको च्यारिटी सो गर्दै ज्याकेट किन्ने रकम जुटाउन लागेका हुन् । भिक्षु सेल्नाङलाई इभेन्ट पार्टनरको रुपमा उत्पला क्याफेले साथ दिएको छ । त्यस्तै क्लोथिङ पार्टनरको रुपमा डोक्पा रहेको छ । यस च्यारिटी सोको मिडिया पार्टनरमा नेपाल बुद्धिष्ट न्यूज र एनबी टीभी रहेको छ ।

च्यारिटी सोमा भिक्षु सेल्नाङले निर्देशन गरेका दुई फिल्म सुपर मन्क र छ्यालो प्रदर्शन गरिदैछ । अग्नी पीडितको सहयोगका लागि गरिएको च्यारिटी सोमा ५ हजार र ७ सय रुपैयाँको दुई प्रकारको टिकट रहेको छ । साँझ ५ः३० बजेदेखि सुरु हुने च्यारिटी सोको आकर्षणका रुपमा अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल निर्देशक मीनबहादुर भाम र निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ रहेका छन् । फिल्म प्रदर्शन सकिएपछि दुवै चलचित्रकर्मीसँग चलचित्र सम्बन्धी अन्तरक्रियाको व्यवस्था मिलाइएको छ ।

कात्तिक महिनामा मुगुको छायाँनाथ रारा नगरपालिका १ गमगढी बजारमा भएको आगलागीका कारण आप्नो सम्पुर्ण जायजेथा गुमाएका पीडितहरु अहिले पालमुनी बस्न बाध्य छन् । आगलागीमा परी २० घर जलेर ध्वस्त भएपछि अहिले उनीहरु परिवार सहित पालको सहारामा पुगेका हुन् ।




COMMENTS

Name

Entertainment,2,Events,4,Facts,1,Gallery,5,History,1,miss tamang,3,Movies,2,Music,1,Nepal,1,News,21,Poem,1,Religion,5,tamang samaj,10,Tamang Samaj America,3,Video,1,World News,1,
ltr
item
Tamang Feed: मुगुका आगलागी पीडितलाई सहयोग गर्न च्यारिटी सो गर्दै भिक्षु सेल्नाङ
मुगुका आगलागी पीडितलाई सहयोग गर्न च्यारिटी सो गर्दै भिक्षु सेल्नाङ
https://blogger.googleusercontent.com/img/a/AVvXsEiIyq_kYFYjbvgR4b-_2Z9wjtw7_wCP1_MWvfsXbZ8T53Mz8Jg3j3rsml85thck8tSmKq5_YRmyipR5W4HWxsZl7yg0VNpW5GTresmgt0OELMC2lJjHDHZ-RNukeJ5-XAqg3fCf4gEOkwZd5W8ecXb1Wn88Q3eQ6YZ_wpNiLmA46B408goSAKW3AW3Z=w640-h210
https://blogger.googleusercontent.com/img/a/AVvXsEiIyq_kYFYjbvgR4b-_2Z9wjtw7_wCP1_MWvfsXbZ8T53Mz8Jg3j3rsml85thck8tSmKq5_YRmyipR5W4HWxsZl7yg0VNpW5GTresmgt0OELMC2lJjHDHZ-RNukeJ5-XAqg3fCf4gEOkwZd5W8ecXb1Wn88Q3eQ6YZ_wpNiLmA46B408goSAKW3AW3Z=s72-w640-c-h210
Tamang Feed
https://tamangfeed.blogspot.com/2021/12/blog-post_15.html
https://tamangfeed.blogspot.com/
https://tamangfeed.blogspot.com/
https://tamangfeed.blogspot.com/2021/12/blog-post_15.html
true
1845284196589138824
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content